१३ वर्षमा बाघको संख्या दोब्बर



चितवन। देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ गणनाको काम सकिएको छ । बाघ गणनाको प्रारम्भिक चरणका तथ्याङ्कले संरक्षणकर्मीहरु निकै खुसी देखिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट बाघ गणनाको सुरुवात गरेको थियो । बाघ पाइने पाँचवटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाएर गणना गरिएको हो ।

बाघको संख्या १२ वर्षको अवधिमा दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरेको प्रतिवद्धता र संकल्पलाई पूरा गरेर अझै त्योभन्दा पनि राम्रो संख्यामा बाघ पुगेको संरक्षणकर्मीहरुको भनाइ छ ।

सम्बन्धित समाचार