संखुवासभा : विद्यार्थी संगठन र वाइसियल एमसीसीको विरोधमा



संखुवासभा । अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिष्ट लिग नेपाल संखुवासभाले एमसीसीको विरोध गर्दै विज्ञप्ती जारी गरेको छ । बुधबार जारी विज्ञप्तीमा दुई संगठनले संखुवासभाली जनता, युवा, विद्यार्थी, देश भक्त वामपन्थी बुद्धीजीवीहरुलाई एमसीसीको विरुद्धमा आन्दोलन र संघर्ष गर्न अपिल समेत गरेको छ ।

विज्ञप्तीमा भनीएको छ, मिलेनयिम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालले समेत चाहदैन भन्दा भन्दै पनि अन्तराष्ट्रिय दलालहरुले घरेलु यथास्थितीवादी तत्वहरुको साँठगाँठमा जसरी पनि लागु गर्ने रणनिती लिइरहेको हामी सबैलाई सर्वविदितै छ । यस कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उत्तराधिकारी संगठन योङ कम्युनिष्ट लिग नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) को ध्याना कर्षण भएको छ ।

सम्बन्धित समाचार