निर्वाचन आयोगमा सामाजिक एकता पार्टी दर्ता



काठमाण्डौ । सामाजिक एकता पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको यो पार्टीलाई आज बिहीवार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रूपमा दिएको हो ।

यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले यो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भइ संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताउनुभयो । उहाँले धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीमा समाहित हुन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई सञ्चालन गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार