अरुण पुल : बेलिब्रिज बनाउन सेनालाई दिने



खाँदबारी । मकाल–५ र १ जोड्ने बेलिब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिए । “बेलिब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ । बेलिब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ,” उनले भने ।

आयोजना प्रमुख खत्रीका अनुसार बेलिब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताए । बेलिब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उनको भनाइ छ ।

५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो ।

गत माघ २९ गते बेलिब्रिज भाँचिएको थियो । बेलिब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलिब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोबेट ट्रक एकैपटक तर्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।

सम्बन्धित समाचार