आगोले जलेर जुम्लामा एक जनाको ज्यान गयो



जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ। आगोले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन जानु भएको थियो ।

चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो ।

सम्बन्धित समाचार