चैनपुरका ७ विद्यालयलाई निःशुल्क माक्स वितरण



संखुवासभा। चैनपुर नगरपालिका स्थित ७ विद्यालयहरुमा निःशुल्क माक्स वितरण गरेको छ ।

कोभिड १९ को नयाँ भेरीयन्ट सहितको त्राशमा विद्यालयहरु खुलिरहेको अवस्थामा नगरपालिकका विभिन्न विद्यालयहरुलाई योञ्जन वयलकेयर पोलिक्लिनिक प्रालि पोखरीबजार प्रोपाइटर मनोज तामाङ र एलटी वायोटेक ट्रेडरस प्रालि काठमाण्डौका प्रोपाइटर लक्ष्मी अधिकारीद्वारा आइतबार ७ विद्यालयमा माक्स वितरण गरेका हुन ।

केएन ९५ नामक कम्पनीका माक्स चैनपुर नगरपालिका ३ स्थित शारदा माध्यमिक विद्यालय पोखरीमा ५ सय ६० थान, चैनपुर ५ स्थित जलजले अङ्ग्रेजी स्कुलमा २ सय ४० थान, चैनपुर ३ स्थित सिद्धकाली अंगे्रजी स्कुलमा २ सय ८० थान, जनकल्याण आधारभूत विद्यालय केरावारीमा ३० थान, आधारभूत विद्यालय पिङडाडामा ७० थान, सिंहेस्वरी आधारभूत विद्यालय कोक्सामा १ सय ३० थान, युवा रेडक्रस सर्कल संखुवासभा बहुमुखी क्याम्पस चैनपुरलाई १ सय ५० थान गरी जम्मा १ हजार ४ सय ५० थान माक्स वितरण गरेको योञ्जन वेलकेयरका प्रोपाइटर तामाङले जानकारी दिए ।

१ लाख मूल्य बराबरको केएन ९५ नामक ५ लेयरस रहेको माक्स शैक्षिक संस्थाहरुलाई माक्स वितरण गरिरहेको संस्थाका प्रोपाइटर मनोज तामाङले विद्यालयहरुले सम्पर्क राखेमा ति विद्यालहरुलाई समेत माक्स वितरण गरेर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

सम्बन्धित समाचार