चिचिला : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ विद्यालय छनौट



खाँदबारी । यस बर्ष चिचिला गाउँपालिकामा राष्टपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ वटा विद्यालयहरु छनौटमा परेका छन् । दुई माध्यमिक विद्यालयको भवन निर्माणका लागि छनौट भएका छन् भने १ विद्यालय आईसिटी कार्यक्रमका लागि छनौट भएको हो ।

यस बर्ष चिचिला गाउँपालिका ५ मा रहेको धर्मदेवी माध्यमिक विद्यालय देवीटार र वडा नम्बर २ मा रहेको प्रभात मावि बर्देउलाई भवन निर्माण शिक्षकमा बजेट उपलब्ध हुने भएको हो । धर्मदेवी माविका लागि ३ कोठे भवन निर्माण गर्न ३६ लाख रुपैयाँ र प्रभात मावि बर्देउका लागि भवन निर्माण गर्न १८ लाख रुपैयाँ प्राप्त भएको चिचिला गाउँपालिकाका विद्यालय सुपरिवेक्षक महेन्द्र राईले जानकारी दिनुभयो । त्यस्तै, वडा नम्बर ३ मा रहेको जालपा माध्यमिक विद्यालयमा आईसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ प्राप्त भएको राईले जानकारी दिनुभयो ।

सो कार्यक्रमहरु अन्तर्गतको बजेट प्राप्त भई नसकेको र आउने वित्तिकै कार्यन्वयनमा लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । उक्त कार्यक्रमहरु गाउँपालिकाको मागको आधारमा प्राप्त भएको समेत प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार