१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना



काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथासहित नेपालका चार वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने भएको छ ।

हिमालयमा हिउँ घट्दो क्रममा रहेको र जलवायु परिवर्तनका असरहरु बढ्न थालेको निष्कर्षसहित सेनाले हिमाल सफाइ अभियान चलाउन लागेको हो ।

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार यो वर्ष २२ चैतदेखि २२ जेठसम्म सफा हिमाल अभियान सञ्चालन हुनेछ । उनका अनुसार यो वर्ष सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा सफाइ अभियान चलाइनेछ ।

‘पहिलो चरणमा २० कात्तिकदेखि १५ फागुनसँग पूर्वतयारी तथा समन्वयको काम भइरहेको छ’ उनले भने, ‘दोस्रो चरणमा १६ फागुनदेखि १५ चैतसम्म एक्लिमटाइजेसन तालिम हुनेछ ।’ तेस्रो चरणमा चैतदेखि सरसफाइ अभियान थालिने प्रवक्ता सिलवालले बताए ।

सम्बन्धित समाचार