खाँदबारीमा नेपाल विद्यार्थी संघले ५३ औं स्थापना दिवस मनायो



नेपाल विद्यार्थी संघ बरुण क्याम्पस इकाई समितिले नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवस मनाएको छ । बरुण क्याम्पसको प्रागंणमा मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यद्धय दिपनकुमार श्रेष्ठ र महेश थपलियाले विद्यार्थीले नेपाल विद्यार्थी संघको इतिहासका बारेमा चर्चा गर्दै विद्यार्थीहरुले आफ्नो चौतर्फी विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँहरुले अध्ययनसँगँसगै सामाजिक विकास र आफ्नो वृत्ति विकासका लागि अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र बान्तवा, क्याम्पस प्रमुख टिकाराम गुरुङ, पूर्व क्याम्पस प्रमुखहरु कृष्णबहादुर अधिकारी, किरण शाक्य, प्राचार्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुती गरिएको थियो । नृत्यमा निरुता मादेन लिम्बु, सपना मगर, निसा पुरी, रोजेश राइले नृत्य प्रस्तुत गरेका थिए भने समिर कुलुङ, युवराज थापा, युवराज कुलुङ र निशान घिमिरले गीत प्रस्तुत गरेका थिए । यसैगरीे कमल विक, आकास गुरुङले कविता वाचन गरेका थिए ।

कार्यक्रम संघका बरुण क्याम्पस इकाई सचिव सरोज गदालले संचालन गरेका थिए ।

साथै दिवसकै अवसरमा साँझ खाँदबारीको पोखरी बजारमा दीप प्रज्ज्वलन समेत गरिएको थियो ।

सम्बन्धित समाचार