योगमाया विश्वविद्यालय राख्न उचित स्थान सङ्खुवासभा



विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष अनुप श्रेष्ठले योगमाया विश्वविद्यालयका लागि उपयुक्त जिल्ला भएको बताएका छन् ।

सङ्खुवासभा उद्योग वाणिज्य सङ्ले आज खाँदबारीमा गरेको स्वागत कार्यक्रममा उनले जडिबुटी धेरै भएको जिल्ला भएकाले पनि यहि जिल्लामा स्थापना हुने बताए । उनले जडिबुटी उत्पादन प्रशोधन गर्न सहज हुने बताए । उनले विश्वविद्यालय स्थापनाका लागि जग्गा खरिद प्रकृयाअघि बढेको पनि बताए ।

धनकुटा, भोजपुर र सङ्खुवासभाका १९ पालिका भित्र विश्वविद्यालय खुल्ने उनले दाबि गरे । केही दिन भित्र खाँदबारी नगरपालिका क्षेत्रमा कार्यालय स्थापना गर्ने पनि उनले बताए । टोलिका सदस्य रामचन्द्र न्यौपाने र सदस्य सचिव मञ्जु अधिकारी लाई सङ्घका अध्यक्ष कृष्णभगत प्रधान, पूर्वअध्यक्ष श्यामसुन्दर उदाश र निवर्तमान अध्यक्ष युवराज शाक्यले खादा र रूद्राक्षको माला लगाएर स्वागत गर्दै सङ्का बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार