सुख्खा पहिरोले किमाथांका सडक अवरुद्ध



संखुवासभामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका वडा नं. ३ समाटारमा सुक्खा पहिरो जाँदा कोशी ल्हासा राजमार्ग अवरुद्ध हो । सडक अवरुद्ध भएपछी जिल्लाको भोटखोला तथा मकालु गाउँपालिकाका नागरिकहरुको आवतजावत र सामान ढुवानीमा समस्या आएको छ ।

तीनदिन देखि लगातार गएको पहिरोले जनजीवन कष्टकर भई रहेको छ । समय समयमा डोजरले बाटो खोल्ने काम भएपनि निरन्तर झरेको पहिरोले सडक अवरुद्ध भई रहेको छ । निर्वाचनको समय भएकोले नागरिकहरुको आवत जावतमा बृद्धि भएको छ । पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् ।

 

सम्बन्धित समाचार