मेयरमा मन जिते खाँदबारीका महेशले



संखुवासभाको खाँदबारी नगरपालिकाले महेश थपलिया मेयर पाएको छ । मनका धनि अर्थात मनकारी महेशको राजनीतिक योगदान पनि लामो नै छ । सिंगो देशकै चित्र कोर्ने हो भने पनि उन्को राजनीतिक फन्को निकै लामो नै हुन्छ ।त्यसमा पनि संखुवासभाको हकमा उन्को नेपाली कांग्रेस भित्रको राजनीति उतारचढाव अर्थात बाङ्गो टिंगो र कलमले साँच्चै कोर्ने हो भने अनगिन्ति राजनीतिक धर्सा र रेखाहरु कोरीएका छन् । जुन धर्साहरु सधै बाङ्गाटिंगामात्र कोरी रहे । तर, मेटीन दिएनन् । अर्थात राजनीतिका अनेकन बाङ्गाटिंगा र घुमाउरा धर्सा कोरीए पनि उन्ले सिधा धर्सा कोर्ने प्रयास भने छाडेनन ।

सम्भवत त्यही निरन्तरको प्रयास फलस्वरुप आज उन्ले राजनीतिको सिधा धर्सा कोर्न सफल भएकाछन् । घुमाउरो राजनीतिमा घुम्दा घुम्दा र रुमलिदा रुमलिदा उन्ले बल्ल तल्ल मनको सपना पुरा गरेकाछन् । राजनीतिक चक्रको निरन्तरतासंगै राजनीतिको चक्र चम्कदा थपलियाको चक्र पनि चक्र पनि चम्किएको छ । निकै लामो रस्साकस्सी र अड्कलबाजीबीच थपलियाले खाँदबारी नगरपालिकाको मेयरमा बिजयी हुने सौभाग्य प्राप्त गरेकाछन् । यहि मेयरकालागि पनि उन्ले पाँचबर्ष आफ्नो मनलाई कतै बहलाउन दिएनन् । भनौ पर्खि रहे, लागि रहे । पाँच बर्षको समय निकै लामै समय हो । तर, पनि अहँ झिंजो नमानी महेश मनग्य लागि नै रहे ।

महेश केटाकेटी उमेर हुँदा अरुण नदी, सभाखोलामा निरन्तर बगीरहेको पानी कहाँ पुग्यो होला रु यसो अनुमान गरौ । यतिका बर्ष बित्यो । कहाँ पुग्यो होला कहाँ रु निकै टाढा‘।। । अनुमान गर्न सकीन्न । तर, अहँ महेश त्यती धेरै टाढा पुग्न सकेनन् । हो त्यति नै लामो निरन्तरतामा पनि अनुमान गरौ, महेश थपलिया भने पानी झै बगि रहे । तर, पनि खाँदबारीमै अडिग रही रहे । बस, यहि खाँदबारीकालागि पर्खि रहे । अर्थात खाँदबारीले महेश थपलियालाई पर्खि रह्यो । त्यो त म भन्न सक्दीन् । बस यति हो, खाँदबारीले महेश थपलिया पाएको छ । मतलब यति लामो राजनीतिमा योगदान गरेका थपलियाले दिएको राजनीतिक निरन्तरता नै आजको परिणाम हो । नत्र, व्यापारि, शिक्षक, वकिल, पत्रकार वा बिदेशतिर पलायनको बाटो पनि हुन सक्थ्यो होला । तर, कुनै भएन । भयो उन्को मनले लिएको अठोट जुन थियो ।

हो, यहि महेशको मनको अठोटलाई पुरा गर्ने उन्लाई चुनौति छ अब । जुन, आशा, भरोसा र बिश्वास उनीमाथि खाँदबारीबासीको छ । लामो राजनीतिक श्रृखलाबाट परिपक्व अर्थात राष्ट्रिय राजनीतिबाट खारिएका कारण पनि उन्का योजनाले साँच्चै मूर्त रुप लिनेछ भन्ने बिश्वास गर्न सकीन्छ । कलिला सपना, पलाउदै गरेका सपना, टुसाउँदै गरेको सपना महेशको हैन् । उन्का सपना निकै बैयश्क, दरीला र गर्बिला छन भन्ने बिश्वास पनि खाँदबारीबासीलाई छ । साँच्चै भन्ने हो भने, मनबाटै जितेका छन महेशले । त्यसैले गर्दा पनि खाँदबारीबासीको मनलाई भाचिन र टुट्न दिने अधिकार छ्रैन उन्लाई । सबैको साझा मनबनेकाले ति मनहरुलाई मल्हमलगाउँदै अगाडी बढ्न सक्नु पर्छ । हुन त महेश मनकारी नै छन । किन भने सबैको मनलाई उन्ले पाँचबर्षमै जित्न सफल भएकाछन् । यसले उन्को राजनीतिक यात्रालाई थप अगाडी बढ्न निकै सजिलो पनि भएको छ । किन भने उन्ले राजनीतिमा एउटा पोखरी बन्न सक्ने पसिना बगाई सकेकाछन् ।

त्यसैले लामो अठोट, त्याग र तपस्याबाट पाएको यो मौका, अवसर खाँदबारीकालागि खेर जानदिनु हुने छैन भन्ने बिश्वास गरौ । यहि पाँच बर्षभित्र संखुवाभाको खाँदबारी नगरपालिका समृद्ध, सभ्य र बिकसित बन्ने छ भन्ने नगरबासीको चाहना छ । यसलाई पुरा गर्दे राजनीतिक यात्रालाई थप उचाईमा पु¥याउने अवसर पनि थपलियालाई मिल्ने छ । हामी त्यहि आशा गरौ । नत्र, भने यति लामो त्याग, तपस्या, अठोट र तपाँईले राजनीतिमा बगाएको पसिनाको फेरि पनि मूल्य हुने छैन । जुन अरु भन्दा कुनै रुपमा फरक छैन भने । त्यसैले लामो कालखण्डदेखि देखेका अनगिन्ति सपना पुरा गर्ने समय आएको छ । जुन अब समयले धेरै पर्खने छैन् र माफ पनि गर्ने छैन् ।

सम्बन्धित समाचार