नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा सम्पन्न



संखुवासभा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि पूर्व समिक्षा गरिएको हो । इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार, सन् २०२२ को प्रथम छ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २८ ओटा घटना अभिलेख गरेको छ । जसमा घरेलु हिंसाका २१, महिला तथा बालिका बलात्कारका पाँच र कुटपिटका दुई घटना रहेको छ ।

कार्यक्रममा खाँदबारी नगरपालिका नगर उपप्रमुख महेश्वरा श्रेष्ठले जनचेतना र प्रचार प्रचारको कमीले जिल्लामा पछिल्लो समय घर झगडा खुलेर बाहिर ल्याउन नसकको बताईन । घटना बाहरि ल्याउँदा घर परिवारको इज्जत जान्छ भन्ने डर, सामाजिक परिवारिक डरले लुकाइ रहको अवस्था रहेको उनको भनाइ छ । मानव अधिकार उल्लङ्घन न्यूनीकरण गर्ने सबैको सहयोग आवश्यक रहेको धारणा राखिन् । पीडितलाई न्यायको पहुँचमा ल्याउन स्थानीय सरकारले पनि जनचेतनामुलक कार्यक्रम ल्याउने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले सामान्य खालका घरेलु हिंसा प्रहरी कार्यालयमै मिलाउन सकिने बताए । सामान्य प्रकृतिका घटना स्थानीय तहका न्यायीक समितीमै मुद्दा दर्ता,मेलमिलाप गर्नु पर्ने भएपनि प्रहरी तर्फ नै आर्कषण भएको बताए । मादक पदार्थ र लागुऔषध सेवनका कारण पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको र प्रहरी गम्भीर प्रकृतिका घटना प्रहरीले नै मुद्दा दर्ता गरेको अघि बढाएको उनको भनाइ छ। उनले जिल्लामा विभिन्न घटनाको विवरण हेर्दा महिला बालबालिका नै बढी पीडित भएको बताउदै यस्ता घटना कसरी न्यनीकरण गरेर जान सकिन्छ भन्ने तर्फ पनि सरोकारवाला निकायले ध्यान दिनु जरुरी भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका कार्यबाहक अध्यक्ष कृष्णराज शाक्यले इन्सेकले विगतमा बर्षमा प्रस्तुत गरेको प्रतिवेदन भन्दा यो पटक प्रतिवेदनमा धेरै समसामयिक र तथ्य घटनाको अभिलेख रहेको बताए । इन्सेकले प्रहरी प्रहासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए । उनले जिल्लामा २८ घटनामा २१ वटा घरेलु हिंसाका देखिनु हाम्रो समाजमा अहिले पनि जनचेतना र अशिक्षाका कारण भएको बताए ।

कार्यक्रममा विभिन्न सरकार तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार