विराटनगरमा अचेत भेटिएका युवाको मृत्यु



विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडमा अचेत अवस्थामा भेटिएका एक युवाको सोमबार साँझ मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–७ का अन्दाजी ३० वर्षीय अमित खवास सडकको छेउमा बेहोस अवस्थामा भेटिएका थिए । उद्धार गरेर उपचारका लागि कोसी अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए । कोसी अस्पतालमै शवको पोस्टमार्टम गरेर शव परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।

सम्बन्धित समाचार