ट्र्याक्टरले किच्दा बालकको मृत्यु



भोजपुर । भोजपुर नगरपालिका–१२ छ चौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु भएको छ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ को ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुर्घटनापछि फरार चालकलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए।

घटनाबारे अनुसन्धान थालेको उनले बताए। बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ।

सम्बन्धित समाचार