मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल



काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव डा। भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणसहितलाई डाकेर तत्काल मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका थिए। लगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भुषालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।

डा. भुषालले समस्या निराकरणका लागि प्रतिवेदन तयार गर्न ६ सदस्यीय कार्यदल गठन भएको अन्नपूर्णलाई जानकारी दिए।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा रहेका छन्।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई जिम्मेवारी दिइएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

सम्बन्धित समाचार