सङ्खुवासभामा एक सय १९ जनाको मोतियाविन्दुको सल्याक्रिया



खाँदबारी । सङ्खुवासभाको तीन स्थानमा भएको आँखा शिविरमा एक १९ जनाको मोतियाविन्दुको सल्याक्रिया भएको छ । नुम, चैनपुर र खाँदबारीमा भएको शिविरमा सङ्खुवसभामा र भोजपुरका मोतियाविन्दुका विरामीहरुको आँखा सल्याक्रिया गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्र्चाज क्षितिज बरालले जानकारी दिए ।

मकालु गाउँपालिकाको केन्द्र नुममा भएको शिविरमा ४७ जना, चैनपुर नगरपालिकाको केन्द्र चैनपुरमा ३८ र सदरमुकाम खाँदबारीमा ३४ जना विरामीको आँखाको सल्याक्रिया गरिएको उपचार केन्द्रका इन्र्चाज बरालले जानकारी दिए । भाद्र १९ बाट सुरु भएको निशुल्क शिविरमा भरतपुर आँखा अस्पतालका विरिष्ठ नेत्र तथा जलविन्दु विशेषज्ञ डा। रञ्जित कुमार शाहले आँखाको सल्याक्रिया गरेका हुन् ।

तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले जिल्लाका भिन्न स्थानमा गएर मोतियाविन्दुका विरामीहरुको छनौट गरेको उपचार केन्द्रका कर्मचारी अमर विष्टले अरुण सन्देशलाई जानकारी दिए । मकालु गाउँपालिकामा मात्र आठ सय ७३ जनाको आँखा जाँचका क्रममा ८३ जनामा मोतियाविन्दु पहिचान भएको विष्टले बताए । ८३ जनामा मोतियाविन्दु पहिचान भएपनि ४७ जना मात्र सल्याक्रियाका लागि आएका थिए । भाद्र १९ बाट सुरु भएको शिविर शनिबार सम्पन्न भएको हो ।

सम्बन्धित समाचार