सिटीजन्स बैंक खाँदबारी शाखाद्वारा खेलकुद पोशाक र खेल सामग्री बितरण



खाँदबारी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड खाँदबारी शाखाले खाँदबारी ४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद पोशाक र खेल सामग्री सामग्री वितरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई शुक्रबार उक्त सामग्री वितरण गरेको हो । कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने ३५ बालबालिकाहरूलाई सामग्री वितरण गरिएको हो ।

३५ जना विद्यार्थीहरुलाई ट्रयाक सुट र जर्सी प्रदान गरिएको छ । खेलकुद सामग्री तर्फ फुटबल र भलिबल वितरण गरिएको खाँदबारी शाखाका प्रमुख ध्रुब गुरुङले जानकारी दिनुभयो । बैंकले कुल ३० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार