सिलिचोङ जोड्ने बेलिबृज उद्घाटन



खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका ४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका २ बुम्लिङटार जोड्ने संखुवा खोलामाथिको बेलिब्रिज आइतबार उद्घाटन गरिएको छ ।

सिलिचोङले गौरवको आयोजना घोषणा गरेर आफ्नै बजेटमा बेलिब्रिज निर्माण पूरा गरेको हो । अध्यक्ष भूपालराज मेवाहाङले बेलिब्रिजको उद्घाटन गरेका छन् ।

उनका अनुसार गाउँपालिकाको ४ करोड ३९ लाखमा ३९ मिटर लामो पुल निर्माण गरिएको हो । यसअघि काठ र बाँसबाट बनेको फड्केबाट स्थानीय संखुवाखोला जोखिम मोलेर वारपार गर्थे ।

बेलिब्रिज हालेपछि सिलिचोङको मांतेवा, र ताम्कु गाउँ आउनजान सजिलो भएको छ ।

सम्बन्धित समाचार