२० वटा कोटामा ५७ परीक्षार्थी प्रवेश



ओखलढुंगा । २० वटा कोटामा ५७ विद्यार्थीले ओखलढुंगामा नर्सिङ कक्षा परीक्ष दिएका छन्। भदौ १२ देखि सुरु हुने कक्षमा ५७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन्।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र ओखलढुंगा सामुदायिक अस्पतलले संयुक्त रुपमा यो कक्षा संचालन गर्न लागेकोे ओखलढुंगा सामुदायिक अस्पतालका जनसम्पर्क अधिकृत ओम शाक्यले बताए।  स्कुल अफ हेल्थ साइन्समा आएको नर्सिङ अध्ययनको क्याम्पसमा उपलब्ध २० वटा नर्सिङ सिटमध्ये १२ वटा सिद्धिचरण नगरपालिकाका मेयरदेखि सिटिइभिटीका कर्मचारी र उद्योग वाणिज्य संघका पदाधिकारीसम्मलाई भाग लगाइएको भए पनि पछिल्लो समय संचारमाध्यममा सार्वजानिक भएपछि संचालक समितिको बैठक बसी निर्णय समेत सच्याइएको उनले बताए।

सञ्चालक समितिको बैठकले यस विषयमा के निर्णय गरेको भन्ने विषयमा आफूलाई जानकारी नभएको उनको भनाई छ। तर समितिले नगरपालिकाको भागमा भने केही सिट सुरक्षित राखेको भन्ने उनले स्वीकार गरेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का सम्बन्धनमा २०७५/०७६ देखि ओखलढुंगामा नर्सिङ कक्षा सञ्चालन भइरहेको छ। क्याम्पसले शैक्षिकसत्र २०७६/०७७ का लागि २० सिट पाएको छ। ओखलढुंगामा सञ्चालित स्कुल अफ हेल्थ साइन्सको कोटाबारे ८ साउनमा सिटिइभिटीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो।

बैठकको अध्यक्षता नर्सिङ कलेजका निर्देशक तथा सिटिइभिटीका कर्मचारी विनयकुमार मिश्रले गरेका थिए। बैठकमा सहभागी हुन ओखलढुंगामा भएका सञ्चालक समिति सदस्यहरू पनि काठमाडौं पुगेका थिए। तर त्यो निर्णय संचार माध्ययममा आएपछि पुनः संचालक समितिको बैठक बसी निर्णप्रति हेरफेर गरिएको भनिएको छ। गाउँमै नर्सिङ क्याम्पस सञ्चालन भएपछि पढ्न पाउने रहर बोकेर फाराम भरे परीक्षा दिएका विद्यार्थी आफ्नो पहुँच नपुग्दा नर्सिङ पढ्न नपाइने होकी भन्ने आशंकामा रहेका छन्।

मन्त्री र सांसदले जिल्लामै नर्सिङ क्याम्पस सुरु भयो पढ्नुस् अघि बढ्नुस् भनेको सुनेर पढ्ने रहर जगेको थियो। तर आफूले सिद्धिचरण नगरपालिकाको मेयर, उद्योग वाणिज्य संघका अध्यक्ष कोही नचिनेको कसको पावर लगाएर पढ्न जानु आशा मरिसकेको एक छात्राले बताइन्।

सम्बन्धित समाचार