नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गर्यो



काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गरेको छ।

कम्पनीले हाल सेवा दिइरहेको ८७ मध्ये ५३ देशका ९९ सेवा प्रदायकसँग सहकार्य गरी रोमिङ सेवा शुल्कमा छुट प्रदान गरेको हो।

रोमिङ सुविधासँगै टेलिकमका जिएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन्।

यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ।

सम्बन्धित समाचार