विभिन्न पदका लागि ४ हजार नेपाल प्रहरीको माग



काठमाडौं ।  नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ।  प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। १९० जना भान्छे मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्ष० प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।

सम्बन्धित समाचार