हिले माद्यमिक विद्यालयमा सिसि क्यामेरा जडान र ईलेक्ट्रोनिक मेशीनवाट हाजीरी गर्न शूरु



धनकुटा। धनकुटा १ हिले स्थितको हिले माद्यमिक विद्यालयमा सिसि क्यामेरा जडान र ईलेक्ट्रोनिक मेशीनवाट हाजीरी गर्न शूरु गरिएको छ ।

विद्यालयको शैक्षिक क्रियाकलापलाई चुस्त राख्न र शैक्षिक गुणस्तर थप वृद्धी गर्नका लागि उल्लेखित कार्य गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्यका अनुसार धनकुटा नगरपालिका १ नं वडा कार्यलयको आर्थिक सहयोग मार्फत विद्यालयलाई १८ वटा सिसि क्यामरा र एउटा ईलेक्ट्रोनिक हाजीरी मेशीन प्राप्त भएको हो ।

विद्यालयमा सिसि क्यामरा जडान गरिएसँगै वालमैत्री शिक्षामा थप सहयोग पुग्ने,विद्यार्थीहरुलाई अनुशासित हुन सर्तक गराउने,विद्यार्थी र शिक्षकलाई नै समय मै विद्यालय आउन जान सघाउ पुर्याउने अपेक्ष गरिएको छ ।

त्यस्तै ईलेक्ट्रोनिक मेशीनको सहायतामा हाजिरी गर्न शूरु भएपछि शिक्षकलाइ समयमै विद्यालय आउन प्रेरित गर्ने,समयको परिपालना गर्ने जस्ता फाईदा हुने प्रधानाध्यापक आचार्यले वताउनुभयो ।

विद्यालयमा सुचारु भएका यी सेवाहरुको एक कार्यक्रमको वीच धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ,वाडाध्यक्ष निरेन तामाङ,शिक्षक अभिभावक संघका संयोजक लालचन गोङवा,विद्यालयका विभिन्न वालक्लव समूह र शिक्षकहरुको उपस्थितीमा उद्घाटन समेत गरिसकिएको उहाँले वताउनुभयो ।

सम्बन्धित समाचार