विदेशबाट फर्किएर च्याउखेती तिर लागेपछि



मोरङ   कुनैबेला देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा गएका बुढीगंगा गाउँपालिकाका सरोज नेपाल अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर रमाउनुभएको च्याउ खेतीले उहाँले विदेश फर्किने बाटो बिर्सिसक्नुभएको उहाँको प्रगति देखेर छरछिमेकी समेत दंग छन्

सरोज सानैदेखि कृषि कर्मलाई रुचाउनुहुन्थ्यो केही व्यवसाय गरेर स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच्नुहुन्थ्यो कक्षा १० मा पढ्दै गर्दा सरोजले गाउँको दूध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्नुभयो उहाँले गाउँका किसानले उत्पादन गरेको दूध खरिद गरेर घर घरसम्म पुर्याउने काम गर्नुभयो  यसरी दूध बिक्री गर्दा एक लिटरबाट पाँच रुपैयाँ नाफा हुन्थ्यो एक वर्ष जति उहाँले त्यही काम गर्नुभयो

११ कक्षामा पढाइ चलिरहेको थियो तर सरोजको ध्यान भने किताबभन्दा बढी कृषिमै थियो त्यसपछि अब केही केही व्यवसाय गर्नैपर्छ भनेर सरोजले छिमेकीसँग मिलेर गाउँमै  कुखुरा फार्म खोल्नुभयो

एक हजार कुखुराका चल्ला ल्याएर कुखुरा पाल्न थाल्नुभयो तर रोगको प्रकोप तथा उत्पादनमा आएको गिरावटका कारण एक वर्ष नहुँदै सरोजले त्यो व्यवसाय पनि छाड्नुभयो

मनमा कृषिप्रतिको चाहना घटेको थिएन १२ कक्षा पढ्दै गर्दा लाख ३० हजार रुपैयाँमा सानो हाते ट्याक्टर किनेर गाउँलेहरुका खेत खनजोत गर्न थाल्नुभयो यसबाट पनि सोचेजति फाइदा भएन दुई वर्ष ट्याक्टर चलाएपछि उहाँले वैदेशिक रोजगारीको बाटो रोज्नुभयो गरेका सबै काममा भनेजति नाफा भएन, अनि विदेश जाने सोच बनाउनुपरेको थियो’, सरोजले सुनाउनुभयो

सम्बन्धित समाचार