२०६५ साल तीजको भोलिपल्ट चौथीका दिन हराएका ६ वर्षीय बालक टेलिभिजनमा देखिए परिवार सिधाकुरा जनतासँगको सम्पर्कमा !



काठमाडौं । गत मंगलबारको एपिसोडमा हामीले दिल्लीमा एक युवक आफ्नो अभिभावकसँग छुटेको ११ वर्ष पुगेको र आफू नेपाली रहेको कुरा प्रसारण गरेका थियौं। हामीले रिपोर्ट प्रशारण गरेपछि नेपालका विभिन्न जिल्लामा रहेका परिवारले ती युवक आफ्ना छोरा हुन सक्ने दाबी गरेका छन् । विगत ११ बर्षदेखि भारतको नयाँ दिल्ली स्थित बाल गृहमा बस्न बाध्य ती युवकका बारेमा रिपोर्टिङ गरेपछि धेरैले यस बिषयमा चासो देखाएका छन् ।

२००७ सालमा भारतको त्रिलोकपुरस्थित एक मन्दिरमा भेटिएका अनिलले आफ्नो बुवाको नाम प्रकाश बताउँछन् भने आमाको नाम मनसरा बताएका छन् । वास्तवमा आफ्नो नाम थर के हो ? उनलाई थाहै छैन् । अहिले उनले नेपाली बोल्न पनि बिर्सिसकेका छन् ।रौतहट जिल्लाको बागमतीका मन्दिरा कार्की र शिव कार्कीले ११ बर्षदेखि परिवार खोजिरहेका दिल्लीका युवक आफ्नो छोरा हुनसक्ने भन्दै त्यसका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

२०६५ साल भदौ १८ गते तीजको भोलिपल्ट चौथीका दिन बागमतीबाटै हराएका ६ वर्षीय बालक महेन्द्र भनिने हिमाल कार्की २०७६ भदौ १७ गते चौथीकै दिन टेलिभिजनमा देखिएकाले कार्की दम्पतीले संयोग मात्र नभई आफ्नो छोरो हुनसक्ने बताएका छन। ११ वर्ष अघि स्कुलबाट घर फर्किई बेलुका खेल्न गएका बालक नफर्केपछि उनीहरु खोजी कार्यमा जुटेका थिए ।

नजिकै बागमती नदी भएका कारण परिवारका सदस्यहरुले नदीले ब*गाएको हुनसक्ने आशंका गर्दै लाश नभेटे पछि विधि पूर्वक आफ्नो छोराको का*जक्रि यासमेत गरेका थिए। ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका नियमित दर्शक मन्दिराले मंगलबारको कार्यक्रम पनि हेरिन । सोही कार्यक्रममा दिल्लीमा एक नेपाली युवकको विषय आएपछि आफूले नै गाउँलेलाई जानकारी गराएकी सम्झिइन् ।

मंगल बार प्रशारण गरिएको उक्त रिपोर्टमा ती युवकले घरको छेउमा गोठ, मकै बारी र घर नजिकै ठूला रुखहरु रहेको बताएका थिए । उनले भने जस्तै कार्कीको घर अगाडिको सिमलको रुख, तत्कालीन एक तले घर, घर नजिकै मकैका बोट रहेको परिवारले स्मरण गर्दै घर अगाडिको बाटो र ढुंगाको गाह्रोसमेत उही रहेको बताए । बालक कसरी दिल्ली पुगे त ?

भन्ने हाम्रो प्रश्नमा तीजका बेला भएकाले नजिकै नुनथरमा भारतीय दर्शनार्थीहरु आउने÷जाने हुँदा उनीहरुसँगै छोरो गएको हुन सक्ने उनीहरुको अनुमान छ । २०५९ जेठ ३१ विहीवार जन्मेका हिमाल २०६५ भदौ १८ गतेदेखि बे*पत्ता थिए। त्यस्तै हेटौंडा–१७ दाबीलेको एक परिवारले पनि आफ्नो छोरा भएको दाबी गर्दै हामीलाई सम्पर्क गरेका छन् ।

२०६१ साल असार ६ गते नारायणघाट मुग्लिन सडक खण्डको रेग्दी खोलामा काठमाडौंबाट मलंगवा चल्ने बस दु*र्घटनाको क्रममा ती युवक ह*राएको र हराउँदा डेढ बर्षको रहेको बताएका छन् । परिवारका अनुसार सो बसका चालक समेत रहेका आफ्ना श्रीमान राजन अधिकारीसँग काठमाडौंबाट हेटौंडा तर्फ आउने क्रममा दु*र्घटना भएको र दु*र्घटनामा बस चालक श्रीमानको नि*धन भएको सो युवकको आमा दाबी गर्ने शोभा अधिकारीले बताइन् ।

यस्तै सीधा कुराको रिपोर्ट हेरेपछि दाङ तुल्सीपुर नगर पालिकाको सुधा रिजालले आफ्नो १५ बर्ष अगाडि हराएका बुवा र भाईसँग सो घ*टना मिल्दो जुल्दो भएकाले उनी आफ्नो भाई हुन सक्ने बताइन् । उनले दिएको तस्वीर र उनी भेटिएको समयको तस्वीर हेर्दा झन्डै उस्तै देखिन्छ ।

सम्बन्धित समाचार