बलात्कारसम्बन्धी हदम्याद संशोधन गर्न माग



काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आइतबार मन्त्री निवास हरिहर भवनमा पुगेर ज्ञापनपत्र बुझाएको हो।

नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पिडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको र अहिलेको व्यवस्था न्यायपूर्ण नभएको भन्दै संशोधन गर्न भनेको हो।

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन, दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ।’

सम्बन्धित समाचार