युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ।

रुस-युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएको बीबीसीले जनाएको छ । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ ।

यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रुस-युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

सम्बन्धित समाचार