सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै



काठमाण्डौ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

आजको प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेस गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० पहिलो संशोधन विधेयक २०७९ दफावार छलफलका लागि पेस गर्नु हुनेछ ।

यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ुआर्थिक विधेयक २०७९ु लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ु लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार