धर्मेन्द्र झा राससको अध्यक्षमा नियुक्त



काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

राससमा यसअघि अध्यक्ष रहेका हरिहर अधिकारीको चारवर्षे कार्यकाल सकिएपछि सो पद खालि रहेको थियो।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका झालाई सरकारले आज चारवर्षका लागि नियुक्त गरेको छ।

सम्बन्धित समाचार