एसपीपीमा नजोडिने भनेर अमेरिकालाई पत्र पठाउने सरकारको निर्णय



काठमाण्डौ । सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजोडिने निर्णय गरेको छ ।

आज सोमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजोडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

बैठकले एसपीपीको विषयमा यसअघि भएका पत्राचारमा कुटनीतिक कमजोरी भएको पनि निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य गतिविधिसँग जोडिएको एसपीपीमा सहभागी हुनका लागि सरकारले सन् २०१५ मै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित समाचार