आज प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी ६६ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा बिहीबार प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे गर्ने प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जानकारी दिए। वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव पनि आयोजना हुँदैछ।

यो वर्ष महोत्सवका लागि कविहरूले पठाएका ५८८ मध्ये २० कविता छनोट भएको छ। यिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कविता पुरस्कृत गरिनेछ। महोत्सवमा १६ अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम रहेको उपकुलपति गुरुङले बताए।

प्रतिष्ठानमा स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि कविता महोत्सव गर्दै आएको छ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले २०१४ असार ९ गने प्रतिष्ठानको स्थापना भएको थियो।

सम्बन्धित समाचार