आउँदो सेप्टेम्बरदेखि हङ्गेरीको विज एअरले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने



काठमाण्डौ । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एअरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट यस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको हो । गएको जेठ दुई गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् । यसै क्रममा भैरहवामा विज एअरले एअरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको हो ।

विज एअरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एअर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताउनुभयो ।

सम्बन्धित समाचार