सप्तरी प्रहरीले एक वर्षमा पक्राउ गर्‍यो ३६८ जना फरार अभियुक्त



सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका ३ सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

विभिन्न मुद्दामा अदालतले फैसला गरेका तर फरार भएका ३ सय ६८ जना अभियुक्तहरू नियन्त्रणमा लिइ फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म उनीहरूलाई पक्राउ गरि फैसला कार्यान्वयन गराइएको हो।

चोरीको मुद्दामा फरार रहेका अन्य ३ जना पनि समातिएका छन्। पक्राउ पर्नेमा सप्तरी तर्हौताका २६ वर्षीय राजकुमार चौधरी, सोही ठाउँका दिलीप सदा र गोविन्द चौधरी रहेका छन्।

उनीहरूले प्लाइउड बोकेको ट्रक अनियन्त्रित भएर पोल्टिँदा लोड भएका प्लाइउड चोरी गरेको आरोपमा जिल्ला अदालत सप्तरीले प्रतिव्यक्ति ४ हजार ४०८ रूपैयाँ जरिवाना र एक महिना कैद सजाय तोकेको थियो। गाली बेइज्जती मुद्दाका फरार ४ जना अभियुक्त सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार