विराटनगरको सडक नालीमा युवकको शव भेटियो



विराटनगर । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका(६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर(५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।

सडक किनारको नालीमा राति ११स्२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको उनले बताए । रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा नालीमा लडेपछि उठ्न नसकेर मण्डलको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए ।

 

 

सम्बन्धित समाचार