चट्याङ लागेर बारामा एकको मृत्यु‚ दुईजना घाइते



काठमाडौं । चट्याङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १ बजे सुवर्ण गाउँपालिका ७ समफुलवाका २० वर्षीय धीरजप्रसाद यादवको मृत्यु भएको बाराका डिएसपी राजेश थापाले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार खेतमा काम गर्न गएका यादवको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। यस्तै सोही ठाउँका २८ वर्षका नेतालाल पण्डित र ८ वर्षकी बालिका रुबी कुमारी घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेका डिएसपी थापाले बताए।

सम्बन्धित समाचार