प्रदेश १ सरकारलाई चाहिने स्थायी संरचना बनाउन जग्गाको खोजी सुरु



विराटनगर । प्रदेश १ सरकारको स्थायी प्रशासनिक संरचना निर्माणका लागि गठित कार्यदलले छलफल सुरु गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा जग्गा खोजीका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले शुक्रबारबाट छलफल सुरु गरेको हो ।

शुक्रबार मन्त्री कार्कीले वृहत विराट क्षेत्रअन्तर्गत रहेका पालिका प्रमुखसँग छलफल गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलमा स्थानीय पालिका मातहत र त्यसबाहेकका सरकारी जमिनको तथ्याङ्क उपलब्ध गराउने निर्णय भएको छ ।

विराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा, कटहरी र ग्रामथान गाउँपालिकाका क्षेत्रमा भएका सरकारी जग्गाको अवस्था उपलब्ध गराउने निर्णय भएको मन्त्री कार्कीले बताए ।

छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिका अध्यक्ष जितेन्द्र थापा मगर, ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारलगायत सहभागी थिए ।

सम्बन्धित समाचार