अध्यक्ष नेपाल भेट्न भारतीय राजदूत कोटेश्वरमा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ ।

राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।

सम्बन्धित समाचार