खोटाङको जालपामा पहिरोका कारण ६ घरपरिवार विस्थापित



खोटाङ । पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् ।

साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।

यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको उपमेयर बिसान राईले बताउनुभयो ।

सम्बन्धित समाचार