जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था चिन्ताजनक



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार हुँदा घाइते हुनुभएको छ।

बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियोपुलमोनरी घात भएको छ ।

टोक्योका पूर्व गभर्नर योइचि मासुचोको ट्वीट अनुसार उहाँलाई कार्डियोपुलमोनरी घात भएको हो ।

कार्डियोपुलमोनरी घात हुनु प्रारम्भिक रूपमा जापानमा औपचारिकमा मृत्यु भएको घोषणा गर्नु अगाडि भन्ने हुन्न्छ ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् ।

नारा सहरमा भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएको थियो । उहाँको शरीरबाट रगत बगेको थियो उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उहाँ भाषण गरिरहनुभएको थियो ।

 

सम्बन्धित समाचार