शिन्जो आबेको निधनमा नेपालले आज राष्ट्रिय शोक मनाउने



काठमाण्डौ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेमाथि भएको गोली प्रहारलाई नेपालले घोर भर्त्सना पनि गरेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा हिजो पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।

सम्बन्धित समाचार