संखुवासभाकाे एसइई: ११ विद्यालय सतप्रतिशत उत्तिर्ण, एक विद्यालय निल



खाँदबारी । गत एसइई परिक्षामा सङखुवासभामा ७४ माध्यमिक विद्यालयका २ हजार ३ सय ९४ जनाले परिक्षा दिएका थिए । त्यस मध्ये एक हजार चार सय ५ जना उत्तिर्ण भएका छन् ।

परिक्षामा सहभागी ७४ विद्यालय मध्ये ११ विद्यालयका सतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् भने १ विद्यालय निल गएको छ । शिक्षा विकास तथा समन्वय इकाई सङ्खुवासभाका अनुसार चिचिला गाउँपालिकाका सरश्वती मावि र धर्मदेवी माविका विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका छन् । सरश्वतीबाट २७ र धर्मदेवीबाट १५ जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । त्यस्तै, पाँचखपन नगरपालिकाका खप्टुवा मावि र शिवोदय माविका विद्यार्थीहरु सतप्रतिशत उत्तिर्ण भएका छन् । खप्टुवाबाट ३२ र शिवोदयबाट ११ जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । धर्मदेवी नगरपालिकाको भगवती माविबाट ११ जनाले परिक्षा दिएकोमा सतप्रतिशत उत्तिर्ण भएका छन् ।

खाँदबारी नगरपालिकाका सनसाईन बोर्डिङ स्कुलबाट २१ जना, बरुण बोर्डिङबाट ९ जना, गोल्डेन स्टार स्कुलबाट १० जना र अरुण भ्याली पब्लिक स्कुलबाट २२ जना विद्यार्थीहरुले परिक्षा दिएकोमा सतप्रतिशत उत्तिर्ण गरेका छन् । सभापोखरी गाउँपालिकाको कैलाश माविबाट १० जना, मकालु अंग्रेजी बाेर्डिङ स्कुल चैनपुरका ८ जना विद्यार्थीहरुले परिक्षा दिएकोमा सतप्रतिशत उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई सङ्खुवासभाले जनाएको छ ।

परिक्षामा एक विद्यालय निल गएको छ । जम्मा ६ जना परिक्षार्थी रहेको सिलिचोङ गाउँपालिकाको माहेश्वरी मावि याफुको कुनै पनि विद्यार्थीले एसईई परिक्षा उत्तिर्ण गर्न सकेनन् ।

जिल्लाका ३ विद्यार्थीले सर्वाधिक जिपिए ३ दशमलव ८३ ल्याएका छन् । उक्त जिपिए ल्याउनेहरुमा हिमालय मावि खाँदबारीका सौजन कट्टेल, सारदा मावि पोखरी चैनपुरका बृन्दा तामाङ र सुर्य आवासीय माविका सभ्याता जिमि रहेका छन् ।

हेर्नुहाेस, सवै विद्यालयकाे नतिजा ।

सम्बन्धित समाचार