प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, पिसाब फेरेको बदलामा हत्या प्रयास



२६ जेठ, काठमाडौं । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो ।

बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् । उनले आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई ठगी गरेको बयान दिएकी छन् ।

उता, सडकमा पिसाब फेरेको आरोपमा ललितपुरमा एक युवकको हत्या प्रयास भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । बालुकुमारीका स्थानीयले विवेक थापामाथि आक्रमण प्रयास गरी हत्या गर्न खोजेका हुन् । आक्रमण गर्ने राजेश महर्जनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।

सम्बन्धित समाचार