ठगीको नयाँ रुपः ३७ लाखको जग्गा झुक्याउँदै ६ हजार दिएर पास 



२६ जेठ, काठमाडौं । अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको हो ।

पालुङटार नगरपालिका–८ धुवाँकोटका ५३ वर्षीय घले कुमाललाई नागरिकता बनाउने भन्दै छिमेकी रामशरण अर्यालले जग्गा पासको कागजपत्रमा ल्याप्चे लगाउन लगाएका हुन् ।

‘नागरिकता बनाएको भनेर ६ हजार दिए,’ कुमालले भने, ‘जग्गा पास भएको त पत्तै पाइनँ । नागरिकता पनि पाएँ, पैसा पनि पाएँ । साहुले ठूलै गुन लगाए भन्ने सम्झिएँ । तर, म अनपढलाई झुक्याएका रहेछन् ।

कुमाललाई फकाएर २ रोपनी ३ आना जग्गा अर्यालले २ जेठमा मालपोत कार्यालय, गोरखाबाट पास गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार