‘सरले मेरो सम्वेदनशील अंगमा छुदै, जबरजस्त किस गर्नुभयो’



कञ्चनपुर । स्टार स्कुल अफ ट्रेनिङ्ग एण्ड रिसर्च प्रा लि महेन्द्रनगर शाखाका म्यानेजर राज धामी यौन दुर्व्यवहारको लफडामा परेका छन् । उनीमाथि आफ्नै एक छात्रालाई जबरजस्तीकरणी गर्न खोजेको आरोप लगाइएको छ । जेठ २० गते पिकनिक खान टीकापुर पार्क गएर महेन्द्रनगर फर्किने क्रममा म्यानेजर धामीले स्टार प्रालिमा ब्रिज कोर्ष गरिरहेकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भिर आरोप लगाएको हो ।

बसमा यात्रागरी पिकनिक जाने बेल्ला पटक–पटक उल्टी आई समस्या भएकोले साथीभाई र सबैले म्यानेजर धामीको मोटरसाईकलमा जान सल्लाह दिएका थिए । ‘बसमा चढ्दा मलाई बमिट हुने भएकाले म म्यानेजर सरको गाडीमा आएको हुँ’, पीडित छात्राले भनिन्, ‘सरसंग आउँदा सुविधा होला भन्दा त यहाँ उल्टै इज्जतै लुट्यो ।’

टीकापुरबाट गोडाघोडीसम्म आउँदा सरले केही नगरेको र राति पर्दा सम्वेदनशील अंगमा छुएर यस्तो मौका मलाई कहिले नआउने भन्दै यौन दुर्व्यवहार गरेको छात्राले बताइन् । ‘सरले मेरो सम्वेदनशील अंगमा छुदै, जबरजस्त किस गर्नुभयो’, उनले भनिन्, ‘सरले म्यानेजर त म स्टारको हुँ भन्दै समात्नुभयो ।’

शारीरिकसम्बन्ध राख्न खोज्दा आफूले इन्कार गरेको समेत ती छात्राले दुखेसो पोखिन् । नर्सिङ्गको ब्रिजकोर्ष गरिरहेकी ती छात्राले आफूलाई घटनाबारे बाहिर नभन्न समेत चेतावनी दिएका थिए । माफूमाथि सरले गरिरहेको दुर्व्यवहार साथीलाई फोनमार्फत र म्यासेज गरेको समेत उनले बताइन् ।
विद्यार्थीले घटनापछि म्यानेजर धामीलाई कक्षामा बोलाएर विद्यार्थीसामु माफी माग्न लगाएका थिए । विद्यार्थीसामु माफी मागेपछि घटना छात्राको घरपरिवारसम्म पुगेको छ ।

घरपरिवारले थाहापाएपछि बिहीबार परिवारसहित आफन्तले स्टार प्रालि घेरेका थिए । पीडितकी आमाले आफ्नो सन्तानमाथि भएको घटना असैह्य भएको भन्दै दोषीलाई कार्बाही गर्नु माग गरेकी छिन् । ‘छोरीलाई पढाउन पठाउँदा शिक्षक कर्मचारीबाटै यस्तो घटना भयो’, उनले भनिन्, ‘घटनाका सबै दोषीलाई कार्बाही गर्नुपर्छ ।’

घटना मिलाउन आर्थिक प्रलोभन देखाइएको भन्दै पीडितकी आमाले दोषीलाई नछाड्ने चेतावनी दिएकी छिन् । बर्दिया लैजाने भन्दै प्रतिविद्यार्थी रु ४ सय संकलन गरेर टीकापुर लगेको विद्यार्थीको गुनासो छ । स्टारप्रालि महेन्द्रनगरका शाखा म्यानेजर राज धामीले भने छात्रालाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरेको बताएका छन् । ‘मैले मेरो भाई बहिनीलाई मोटरसाईकलबाट उतारेर उनको स्वास्थ्यको समस्या बुझेर सहयोग गर्न खोजेको हुँ’, उनले भने, ‘उनीमाथि यौन दुर्व्यवहार गरेको छैन् ।’

सबै विद्यार्थी शिक्षकको आग्रहमा उनलाई मोटरसाईकलमा बसालेर ल्याएको र राति गतिमा चलाउन खोज्दा मैले राम्ररी बस्न आग्रह गरेको उनको भनाई छ । उनलाई सकुशल ल्याएर मदनचोकबाट दाईलाई बुझाएर कोठा गएको धामीको भनाई छ । विद्यार्थी संगठनका नेताहरूको सहयोगमा पीडित पक्षले स्टार प्रालिमा तालाबन्दी समेत गरेका छन् । नेवि संघका नेता प्रकास थापा, अखिल क्रान्तिकारीका नेता तिलक मालको उपस्थितिमा दोषीलाई कारबाही र पीडितलाई न्याय नपाउँन्जेलसम्मका लागि प्रालिमा तालाबन्दी गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार