डाक्टर सा’ब कसले बुझ्ला तपाईँको अक्षर ?




रुपन्देही, जेठ २५– दाङका आयुष विसी विरामी उपचार गराउन भनी बुटवलस्थित अञ्चल अस्पताल पुगे । सरकारी अस्पतालमा उनले ओपीडी सेवामा टिकट लिए ।

टिकट लिएर डाक्टर सामु पुगेका आयुषलाई सोध्दै डाक्टरले धेरै कुरा डाक्टरले टिकटमा लेखे । ‘औषधिहरु लेखिदिएको छु, किनेर खानुस् ।’ डाक्टरको यत्ति जवाफ पाएपछि डाक्टरको ‘प्रेसक्रिप्सन’ बोकेर अस्पताल लाइनको मेडिकल पसलमा पुगे ।

डाक्टरी अक्षर आयुषले त बुझ्ने कुरै भएन, अक्षर नबुझेर मेडिकल पसलका स्टाफहरु पनि जिल्लिए । शुरुको अक्षर हेरेर औषधि बेच्ने बानी परेका मेडिकल पसलका स्टाफहरु शुरुको अक्षर पनि नबुझेपछि जिल्लिएका हुन् ।

आयुषले केही पसल चाहारे, उनले औषधि पाएनन् । औषधि नपाएपछि उनी साथी पसलमा औषधि सोध्न पुगे । बल्ल उनले रहस्य पत्ता लगाए, पसलेले अक्षर नबुझेर औषधि नदिएको रहेछ ।

आयुष मात्र होइन, जो सुकै विरामीलाई पनि डाक्टर लेख्ने अक्षर यस्तै हो । यस्तो अक्षर कसरी बुझिन्छ त रु मेडिकल पसले भन्छन्,– शुरुको अक्षर हेरेर अन्दाजकै भरमा औषधि दिने हो ।

यो त बुटवलको एउटा उदाहरण मात्र हो । बुटवल मात्र होइन, नामूद भनिने डाक्टरहरु अधिकांशले लेख्ने ‘पे्रस्क्रिप्सन’ यस्तै हो । उनीहरुले विरामीले नबुझुन् भनेर होइन, मेडिकल पसलेलाई पनि यस्तै हैरानी पार्ने गरेका छन् । तर डाक्टरहरु धेरै विरामी चेकजाँच गर्नुपर्ने भएकाले हतार लेख्दा अक्षर नराम्रो भए पनि बुझ्ने अक्षर लेख्ने दाबी गर्छन् । डाक्टरले बुझ्ने अक्षर नलेखिदिँदा अरु नै औषधि पर्न सक्ने मेडिकल ब्यवसायीहरु बताउँछन् । औषधि बेच्न पनि मेडिकल ज्ञान हुनुपर्ने भएकाले कम्तिमा सीएमए पास गरेकाले मात्रै मेडिकल पसल राख्ने स्वीकृति पाउँछन् ।

विरामीले नै बुझ्ने अक्षर लेखिदिने हो भने पसलबाट झुक्किएर अर्कै औषधि पर्ने थिएन भन्ने सबैको चाहना हुन्छ तर डाक्टरलाई भन्ने आँट भने कसैले नगर्ने सरोकारवालहरु बताउँछन् ।

सम्बन्धित समाचार