संखुवासभामा कुन पार्टीबाट को को उमेद्वार ?



सङ्खुवासभा । १४ असारमा हुने तय भए दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा संखुवासभाका प्रमुख दलहरूले स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएका छन् । जिल्लाका प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमा आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न समय लागेको थियो । दलहरूले आन्तरिक छलफलद्वारा उम्मेदवार सार्वजनिक गर्न थालेका छन् । पाटी भित्र आन्तरिक विवाद, किचलो र भागबन्डा भए पनि प्रायः सहमति भइसकेको नेताहरूको भनाइ छ ।

यस्ता छन् कांग्रेस उम्मेदवार !


संखुवासभा जिल्ला पुरानो अनि चर्चित खाँदबारी नगरपालिकाको प्रमुखमा कांग्रेसले महेश थपलिया र उपप्रमुख निर्मला बस्नेतलाई उम्मेदवार बनाउने भएको छ । पाँचखपन नगरपालिकाका प्रमुख विपीन राई र उपप्रमुख सीता श्रेष्ठ, चैनपुर नगरपालिकाका प्रमुख शंकरमान कँडेल र उपप्रमुख अञ्जना लिथेप, मादी नगरपालिकाको प्रमुखमा रामकुमार जिमी र उपप्रमुखमा कल्पना खत्रीलाई उठाउने भएको छ । धर्मदेवी नगरपालिका प्रमुखमा रमेशकुमार जिमी र उपप्रमुख शोभा घिमिरे, सिलीचुङ गाउँपालिका प्रमुख रामबहादुर राई, सभापोखरी गाउँपालिका प्रमुख भीम सिङ्खा र उपप्रमुख राधा कार्की चयन भएका छन् ।
चिचिला गाउँपालिका र मकालु गाउँपालिकामा विवादका कारण कांग्रेसले उम्मेदवार छनोट गर्न सकेको छैन । चिचिलामा पासाङ शेर्पा, दिनेशकुमार गुरुङ, टकमान घले र राजेन्द्र घलेको चर्चा छ । चारैजनाको सशक्त दाबी रहेकाले छनोट गर्न सकस परेको छ । मकालुमा राईमान राई र हरि राईबीच कसले टिकट हात पार्ने भन्ने प्रतिस्पर्धा छ । केही दिनभित्रै विवादित दुई ठाउँको उम्मेदवारी टुंगो लाग्ने जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए । उनका अनुसार कांग्रेसले संखुवासभाका सबै वडामा अध्यक्षसहित सदस्यहरू छनोट गरिसकेको छ र चाँडै बाँकी रहेका गाउँपालिकाहरुमा समेत छनौट हुनेछ ।

यी हुन् एमाले उम्मेदवार

एमालेले खाँदबारी नगरपालिका प्रमुखमा मुरारी प्रसाद खतिवडाको उम्मेद्वारी घोषणा भएको छ । त्यस्तै भोटखोला गाउँपालिकाको प्रमुखमा वाङदावी भोटे, चैनपुर नगरपालिकाका प्रमुखमा भरत खत्री, पाँचखपन नगरपालिकाको प्रमुखमा मानसिङ पोख्रेल, मादी नगरपालिकाको प्रमुखमा विदुर सुब्बा र धर्मदेवी नगरपालिकाको प्रमुखमा भीम लिंखा, चिचिला गाउँपालिका प्रमुख सन्तोष गुरुङ, मकालु गाउँपालिका प्रमुख खड्ग कटवाल, सभापोखरी गाउँपालिका प्रमुखमा रत्न सुब्बा र सिलीचोङ गाउँपालिका प्रमुख दुर्गाकीरण राई रहेका छन् । त्स्यस्तै जिल्लाका सबैवडाहरुमा भने उम्मेरद्वार छनौट भई सकेको जिल्ला सचि खड्ग राईले बताए ।

माओवादीले पनि घोषणा गर्यो उम्मेदवार


माओवादी केन्द्रले खाँदबारी नगरपालिकाको प्रमुख वीरबहादुर लिम्बू र उपप्रमुख सुशीला घिमिरे, चैनपुर नगरपालिकाको प्रमुखमा सुमन डाँगी र उपप्रमुखमा सविना लिम्बू, पाँचखपन नगरपालिका प्रमुख लोकमान बोगटी, मादी नगरपालिकाका प्रमुख दावा शेर्पा र उपप्रमुख योगमाया कार्की, धर्मदेवी नगरपालिकाका प्रमुखमा उमा विष्ट कार्की र उपप्रमुख छिरिङ शेर्पालाई उम्मेदवारी घोषणा भएको छ । मकालु गाउँपालिकाका प्रमुख भरतकुमार राई र उपप्रमुख कर्मु गुरुङ, सिलीचोङ गाउँपालिकाका प्रमुख योगेन्द्र राई र उपप्रमुखमा देवीमाया राईलाई उठाउने भएको छ ।  माओवादी केन्द्रले जिल्लाका सबै नगर र गाउँपालिकाका वडाध्यक्ष र सदस्यको टुंगो लगाइसकेको जिल्ला इन्चार्ज आरपी किराँतीले बताए ।

राप्रपाले पनि टुंगो लगायो


राप्रपाले खाँदबारी नगरपालिकाको प्रमुखमा भीम कार्की, पाँचखपन नगरपालिकाका उपप्रमुख पदमा बिन्दा मोक्तानलाई चयन गरेको छ । प्रमुखमा अन्य पार्टीसँग समन्वय गरेर अघि बढ्ने योजनामा रहेको जिल्ला उपाध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार मकालु गाउँपालिकामा तेजेन्द्र पराजुली, भोटखोला गाउँपालिकामा गोवा भोटे, मादी नगरपालिकामा चिन्तामणि दाहाललाई प्रमुखमा उठाउने भएको छ ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादीको गठबन्धन

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको संयुक्त गठबन्धन गरि अघि सरेको छ । जिल्ला सिलिलचोङ गाउँपालिका, खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, पाँचखपन नगारपालिका बाहे अन्य सबै स्थानय तहमा नयाँ शक्ति पार्टीको उम्मेरद्वारी हुने भएको छ । जिल्ला संघीय समाजवादी फोरम नेपालका तर्फबाट खाँदबारी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद तामाङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीले उम्मेदवार अघि सारेको नयाँ शक्ति पार्टीका जिल्ला संयोजक टेकमान राईले बताए ।
मकालु गाउँपालिका प्रमुख खड्ग कटवाल, सभापोखरी गाउँपालिका प्रमुखमा फडि दाहाल, सिलीचोङ गाउँपालिका प्रमुख तुला राई, धर्मदेवी टेकबहादुर विष्ट, मादी पुष्पा कोईरालाको नाम अगाडी आई सकेको र बाँकी स्थानमा दावेदार धेरै रहेकोले निर्ण हुन नसकेको नयाँ शक्ति पार्टी संयोजक टेकमान राईले बताए ।

अन्य पार्टीहरुको उम्मेरद्वार

राष्ट्रिय जनमुक्ति पार्टीले खाँदबारी नगरपालिकाका प्रमुख रमेश राई र चिचिला गाउँपालिकामा प्रमुख लाखमान राई र उपप्रमुख पदमा कमला राईलाई चयन गरेको छ । जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा आफूहरूले उम्मेदवारी नदिने जिल्ला अध्यक्ष भरत लङछवा राईले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, नेसनल अर्गनाइजेसन, नेपाल परिवार दल, शान्ति पार्टीलगायतका अन्य साना दलहरू आन्तरिक छलफलमै व्यस्त छन् ।

सम्बन्धित समाचार