सोलुखुम्बुका लागि काग्रेसले सवै उमेद्धारको टुंगो लगायो



नेपाली कांग्रेस सोलुखुम्बुले सवै स्थानीय तहको लागि उमेद्वार टुंगो लगाएको छ । सो अनुसार सोलु दुधकुण्ड नगरपालिकाको मेयरका लागि नेपाली काग्रेले नाम्गेल शेर्पालाइ उमेदवार बनाएको छ । नेपाली काग्रेसको उमेदवार छनौट समितिको मंगलबार बसेको बैठकले नाम्गेल शेर्पालाइ मेयरको टिकट प्रदान गरेको हो ।

पार्टी कार्यलय सानेपामा बसेको बैठकले उपमेयरमा छिण्डील्ह्मु मगर शेर्पाको नाम चयन गरेको काग्रेस श्रोतले जनाएको छ । मेयरको उमेदवारका टिकट पाएका नाम्गेल नेता आङगेलु पक्षधरका युवा नेता हुनुहुन्छ भने उपमेयरका उमेदवार छिण्डील्हमु बलबहादुर पक्षधर मानिने महिला नेतृ हुनुहुन्छ ।

नगरपालिकाको मेयर उमेदवारका लागि केसी पक्षबाट आङकाजी शेर्पाको नाम सिफारिस भएको थियो । यस्तै अन्य सबै गाउँपालिकाको उमेदवार टुंग्याइसकेको काग्रेसले जनाएको छ । महाकुलुङ गाउँपालिकामा भलाकाजी राइ, सोताङ गाउँपालिकामा खिलाराज बस्नेत, दुधकौशिका गाउँपालिकामा हुत्तराज बस्नेतलाइ प्रमुख उमेदवारको टिकट प्रदान गरिएको छ ।

यस्तै दुधकोशी गाउँपालिकामा भोजराज कार्की, नेचा सल्यान गाउँपालिकामा धनजन राइ, लिखुपिके गाउँपालिकामा राम बहादुर बस्नेतले टिकट पाएका छन् । खुम्बु पासाङल्हमु गाउँपालिकामा भने यस अघि नै चुङबा शेर्पाको नाम सर्बसहमत भइसकेको थियो ।

सम्बन्धित समाचार