सङ्खुवासभामा सात दलको उमेद्वारी दर्ता




सङ्खुवासभा, अषाढ ४ गते । पाँच नगरपालिका र पाँच गाउँपालिका रहेको सङ्खुवासभामा सात राजनितिक दलहरुले उमेद्वारी दर्ता गरेका छन् । दश वटै स्थानीय तहमा प्रमुख तीन दल सहित बाँकी चार साना दलहरुले उमेद्वारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सवै स्थानीय तहमा उमेद्वारी दिएका छन् भने नयाँ शक्ति र संघिय समाजवादी फोरम गठबन्धनले केही तहहरुमा उमेद्वारी दिएका छन् । तयस्तै जनमुक्ती पार्टी, जनमोर्चा लगायतका पार्टीहरुले पनि छिटफुट रुपमा आफ्नो उमेद्वारी दर्ता गरेका छन् । विशेष महत्वका साथ हेरिएको खाँदबारी नगरपालिकामा मेयरको लागि सञ्चारकर्मी जीवनाथ खनालले स्वातन्त्र उमेद्वारी दिनुभएको छ ।

प्रमुख दलहरुले सयौँ कार्यकर्ताहरुलाई सहभागी गराई ¥याली सहित मतदान अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गरेका थिए । विहान ८ बजेदेखि अपहरान्न ४ बजेभित्र उमेद्वारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले बताएपनि दलहरुको ढिलाईका कारण साँझ अबेरसम्म उमेद्वारी दर्ताको क्रम जारी राखिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख ऋषीकुमार दाहालले जानकारी दिनुभयो । कतिपय स्थानीय तहमा सञ्चार सुविधा पर्याप्त नभएकोले सम्पुर्ण जानकारी प्राप्त भईनसकेको उहाँले बताउनुभयो ।

 

यो पनि पढ्नुहोस ।

खाँदबारी नगरपालिकाको मेयरमा खनालको स्वतन्त्र उमेद्वारी

सम्बन्धित समाचार