भरतपुरमा च्यातिएका मतपत्र ७ दिनभित्र झिकाउन सर्वाेच्चको आदेश



सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र झिकाउन आदेश दिएको छ । मंगलबार कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो ।

च्यातिएका मतपत्रसँगै मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन पनि अदालतले आदेश दिएको छ ।निर्वाचन आयोगको छानबीन टोलीले भरतपुर महानरगपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटाएको थियो ।

सात दिनभित्र सक्कल कागजपत्र झिकाएर अदालतमा  पेश गर्न पराजुली र कार्कीले आदेश दिएका छन् ।

सम्बन्धित समाचार