बसको ढोकाबाट लडेर एक जनाको मृत्यु



६ असार, गुल्मी । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ६९२६ नम्बरको बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मुसीकोट नगरपालिका-५ महाकाली भन्ने स्थानमा ढोकाबाट झर्ने क्रममा मंगलबार लडेर गम्भीर घाइते भएका रोल्पा, शिर्पा-१ बस्ने ३० वर्षीय झपेन्द्र जिसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका जिसीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ईन्द्रगौंडा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार